logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ८ सय नाघ्यो


अंकुरण खबर
806
Shares

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४९ लाख ८५ हजार ८ सय नाघेको छ । संक्रमणबाट ३ लाख २४ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ हजार ५ सय नाघेको छ । अमेरिकामा १५ लाख ७० हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

पछिल्लो समय रुसमा संक्रमण दर तीब्र रुपले बढेको छ । रुसमा संक्रमितको संख्या तीन लाख नाघेको छ भने दुई हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि सबैभन्दा बढी संक्रमण रुसमा देखिएको छ ।

ब्राजिल पनि संक्रमित मुलुकको अग्रस्थानमा आएको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ६१ हजार नाघेको छ भने करिब १७ भन्दा बढीले ज्यान गुमाएका छन् ।

संक्रमणबाट बेलायतमा ३४ हजार ७ सय, इटलीमा ३२ हजार, स्पेनमा २७ हजार ७ सय र फ्रान्समा २८ हजार २ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या एक लाख ३ हजार नाघेको छ भने ३ हजार २सय १२ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै पाकिस्तानमा संक्रमितको संख्या ४३ हजार ९ सय ६६ पुगेको छ । त्यहाँ ९ सय ३९ जनाले ज्यान गुमाएका छन् ।

बंगलादेशमा संक्रमितको संख्या २५ हजार १ सय २१ पुगेको छ भने ३ सय ७० जनाले ज्यान गुमाएका छन् । विश्वभर १९ लाख ३६ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।