logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसको संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु


अंकुरण खबर
754
Shares

गुल्मीका कोरोना भाइरस संक्रमित बिरामी ४१ वर्षीय पुरुषको मृत्यु  भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका ती बिरामीको बुधबार मृत्यु भएको हो ।

एकसाता अघि उच्च ज्वरो आएसँगै रुघाखोकीले सताएपछि उनी रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्नापछि सिकिस्त भएका उनलाई आइसियूमा राखेर उपचार गरिदै आएको थियो । तर यसको स्वास्थ्य मन्त्रालयले भने औपचारिक पुष्टि गरिसकेको छैन ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि नेपालमा कोरोनाबाट एक सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला र अर्का बाँकेका एक युवकको ज्यान गइसकेको छ ।