logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

कपिलबस्तुमा १२ र रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
793
Shares

नेपाललमा थप १३ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ । कपिलबस्तुमा १२ र रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । प्रयोगशालाका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु सबै भारतबाट आएका र उनीहरुलाई प्रदेश सरकारको समन्वयमा रुपन्देहीको बेलहिया नाकाबाट उद्धार गरेर क्वारेन्टाइनमा राखिएको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१५ पुगेको छ । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यस बारेमा औपचारिक जानकारी गराएको छैन् ।