logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु नभएको अस्पतालद्वारा जानकारी


अंकुरण खबर
897
Shares

नेपालमा कोरोना भाइरसका कारण गुल्मीका संक्रमित पुरुषको मृत्यु भएको भनि आएका समाचारहरु सत्य नभएको अस्पतालले जनाएको छ ।

गुल्मी जिल्लाको मदाने–६ का ४१ बर्षीय पुरुषको मृत्यु भएको समाचारहरु बाहिरिएपछि रुपन्देहीको तिलोत्तमास्थित क्रिमशन अस्पतालका सञ्चालक सुरज भट्टराईले ती युवकको मृत्यु नभएको पुष्टि गरेका हुन् ।

आधिकारिक हस्ताक्षर बिनै निकालिएको विज्ञप्तिमा मृत्युको हल्ला गलत भन्दै गम्भीर अवस्थाका विरामी उनलाई आईसीयूमा उपचार भइरहेको जनाइएको छ ।

त्यही सूचनाका आधारमा केही सञ्चार माध्यममा कोरोना पोजेटिभका तेस्रो बिरामीको मृत्यु भन्ने समाचार प्रकाशित भएको थियो। तर अस्पतालका सञ्चालक भट्टराई उक्त खबर गलत भएको बताए । उनले भने, ‘म उक्त केशमा अपडेट भइरहेको छु, ती व्यक्तिको मृत्यु भएको छैन, स्वास्थ्य अवस्था स्थिर छ ।’

साथै अस्पताल प्रशासनले विज्ञप्ति समेत जारी गरेर ती युवकको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र मृत्यु भएको खबर गलत भएको जानकारी दिएको छ ।