सरकारले आज नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने भएको छ ।
क्याबिनेटबाट पारित भएको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको अध्यावधिक नक्सा सार्वजनिक हुन लागेको हो । केही बेरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले औपचारिक रूपमा नयाँ नक्सा सार्वजनिक गर्दैछिन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ नक्सा स्वीकृति गरेको थियो। सरकारले स्वीकृत गरेको उक्त नक्सा मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले प्रमाणीकरण गरेका थिए ।