नेपालमा बुधबार २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिंगका क्रममा थप २५ जनामा कोरोना संक्रमित फेला परेको पुष्टि गरेको छ। २५ जना (३ बर्षदेखि ४८ बर्ष सम्मका) छन्। जसमा ७ जना महिला र १८ जना पुरुष छन्।
बाँकेमा थप ६ जना पुरुषमा संक्रमण देखिएको छ । त्यसैगरि धनकुटामा ५ जना नयाँ संक्रमित फेला परेका छन्। यस्तै,कपिलवस्तुमा १३ जना सक्रमित थपिएका छन् । नवलपरासीका १ पुरुषमा पनि कोरोना संक्रमण भेटिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२७ पुगेको छ ।
हालसम्म नेपालमा ३५ हजार ४ सय ४९ जनामा पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । यस्तै आरडिटी विधिबाट ७५ हजार ७२ जनाको परीक्षण गरिएको छ ।