विगत २२ महिनादेखि रिक्त रहेको राष्ट्रिय महिला आयोगमा यथासिघ्र योग्य पदाधिकारी नियुक्त गर्न महिला दवाव समुहले माग गरेको छ ।
बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दवाव समुह र सञ्चारिका समुहका सदस्यहरुले महिलाको हक हितमा काम गर्ने संवैधानिक निकाय महिला आयोगनै २२ महिनादेखि पदाधीकारी बीहिन हुँदा महिलाका मुद्धा ओझेलमा परेको बताए । हाम्रा भन्दा राम्रा दक्ष र क्षमतावान व्यक्तिलाई आयोगमा तत्काल नियुक्ति गर्नुपर्ने उनीहरुको माग थियो । उनीहरुले सरकारसंग अन्य आयोगमा जस्तै महिला आयोगमा पदाधिकारी नियुक्त गर्दा उमेरको हकबन्दीमा कडाई नगर्न पनि माग गरेका छन् । महिला दवाव समुहले विगत २६ वर्षदेखि पीडित महिलाको पक्षमा कुरा उठाउदै आएको छ ।