logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनकोसी नदीमा जिप खस्दा दुई जना बेपत्ता


अंकुरण खबर
988
Shares

काभ्रेको भुम्लु गाउँपालिका-८ सिलामे भीरबाट बुधबार सुनकोसी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार बा१६च ८८३८ नम्बरको बोलेरो जिप नदीमा खस्दा भुम्लु गाउँपालिका १ का अशोक गिरी र भोला महत बेपत्ता भएका हुन्।

काभ्रेका एसपी रविकुमार पौडेलका अनुसार बेपत्ता भएकाहरुको खोजीका लागि प्रहरी टोली खटिएको छ । बलेरोमा रहेकी सानुमाया गिरी घाइते भएकी छन्। उनलाई उपचारका लागि बनेपा शसर मेमोरियल अस्पताल लगिएको छ।

जिप दोलालघाटबाट सापिङ जाँदै थियो। जिप मा ६ जना थिए।