logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु, मृत्तकको संख्या तीन पुग्यो


अंकुरण खबर
702
Shares

गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ।

रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उपचाररत कोरोना संक्रमित शिक्षकको बिहीबार बिहान मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।

कोरोना संक्रमित गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय शिक्षकको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भइरहेको थियो।

जेठ १ गते क्रिमसन अस्पतालमा उपचाररत उनमा उच्च ज्वरो नियन्त्रणमा नआएपछि अस्पतालले स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशालामा पठाएको थियो । शिक्षकमा जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यसअघि नेपालमा कोरोनाबाट पहिलो व्यक्ति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलिखेल अस्पतालमा निधन भएको हो। उनको मृत्युपछि मात्रै कोरोना भएको पुष्टि भएको थियो। अर्का दोस्रो व्यक्ति बाँकेका युवक हुन् । मुम्बईबाट नेपाल अएर क्वारेन्टाइनमा रहेका उनको पनि मृत्युपछि मात्रै कोरोना भाइरस पुष्टि भएको थियो।