logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

भारतबाट आएका थिए झापाका १५ जना कोरोना संक्रमित


अंकुरण खबर
845
Shares

झापाको कचनकबल गाउँपालिकामा बिहीबार थपिएका १५ जना कोरोना संक्रमण पनि भारतबाटै नेपाल आएको पाइएको छ ।

भारतले मजदुर उद्धारका लागि रेस सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चौंलागाईँका अनुसार, उनीहरु पछिल्लो एक साताको अवधिमा नेपाल छिरेका व्यक्ति हुन् । उनीहरुलाई सीमा क्षेत्रबाट सीधै क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

बम्बई, दिल्लीलगायतका क्षेत्रबाट आएका एक सय जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५० जनाको रिपोर्ट आएको छ । हालसम्म भारतबाट झापा आएका २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसअघिका दुई संक्रमित दमक र बाह्रदशी गाउँपालिकाका एक/एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । दुवै जना निको भएर घर फर्किसकेका छन् ।