logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट आमा गुमाएका शिशु धुलिखेल अस्पतालबाट भए डिस्चार्ज


अंकुरण खबर
832
Shares

कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित आफन्तहरु शुक्रबार धुलिखेल अस्पतालको आइसोलेसन कक्षबाट डिस्चार्ज भएका छन्।

धुलिखेल अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै सबैको पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना नदेखिएकाले डिस्चार्ज गरिएको जनाएको छ।

अस्पतालबाट डिस्चार्ज भएका उनीहरुलाई थप एक हप्ता सम्बन्धित जिल्लाको आइसोलेसनमा राख्नुपर्ने र त्यसपछि आरडीटी परीक्षण गरेर मात्रै घर पठाइने अस्पतालले जनाएको छ।

महिलाको गत १ जेठमा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।