logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

इदमा सार्वजनिक बिदा दिने निर्णय


अंकुरण खबर
936
Shares

सरकारले मुस्लिम धर्मालम्बीहरूको पर्व इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए।

कुन दिन बिदा दिने भन्ने निर्णय भने गरिएको छैन। मुस्लिम धर्मगुरूहरूले मिति तय गरेको दिन बिदा दिने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए।