logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरमा एक जना पक्राउ


अंकुरण खबर
871
Shares

मकवानपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

मकवानपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका–६ कोल खहरे बस्ने ४८ वर्षीय काजिमान राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

राईले ती किशोरीलाई आफ्नै घरको कोठामा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।