logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२० जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ सय नाघ्यो


अंकुरण खबर
871
Shares

स्वास्थ्य मन्त्रालयले थप २० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जनाएको छ।

नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नयाँ २० संक्रमित फेला परेको पुष्टि गरेका छन्। कैलाली, बाँके र मोरङमा गरेर थप २० जनामा कोरोना संक्रमण देखिएको हो।

सेती प्रादेशिक अस्पताल कैलालीमा परीक्षण गरिएका पाँचजना, बाँकेमा १४ जना र मोरङमा एकजनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबार एकैदिन ५० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५०७ पुगेको छ ।