काठमाडौं – आफ्नै श्रीमतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । श्रीमतीले आफू बिरामी हुदाँ श्रीमानले जबरजस्ती करणी गरेको भन्दै प्रहरी परिसर भक्तपुरमा जाहेरी गरेकी हुन् ।
श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन) लाई बिहीबार पक्राउ गरेको हो । रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमानले २६ वर्षीया श्रीमतीलाई जबरजस्तीकरणी गरेको जाहेरी आएपछि श्रीमानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
१० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा छ । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमान्को आज स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने प्रहरीले जनाएको छ ।