logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कपिलवस्तुमा वडा अध्यक्ष र पत्रकारलाई कोरोना संक्रमण


अंकुरण खबर
962
Shares

कपिलवस्तुमा शनिवार बिहान ८ जनामा थप कोरोना संक्रमित पुष्टि भएको छ ।

संक्रमित बाणगंगा नगरपालिका ६ जना र बुद्धभूमि नगरपालिका दुई जना हुन् । संक्रमितमध्ये १ जना ४० वर्षिया वडा अध्यक्ष बाणगंगा नगरपालिकाका र १ जना पत्रकार २७ वर्षिया महिला रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

जिल्लामा शुक्रवार पनि दुई जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका थिए । योसँगै जिल्लामा संक्रमित हुनेको संख्या ७५ जना पुगेका छन् ।