logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

काठमाडौंको टोखामा ठोक्किए २ मोटरसाइकल, दुवै चालकको मृत्यु


अंकुरण खबर
819
Shares

काठमाडौंको टोखा नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आइतबार बिहान साढे ५ बजे टोखा नगरपालिका-२, पञ्चेटारमा सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल र झोरबाट टोखातर्फ आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलका चालक मनोज दुलाल र पासाङ तामाङको मृत्यु भएको छ। साथै दुर्घटनामा दुलालकी आमा मथुरा दुलाल गम्भीर घाइते भएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ।

गम्भिर घाइतेको अहिले ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार तामाङ टोखा नगरपालिका वडा नम्बर ९ का बासिन्दा हुन् भने दुलाल वडा नम्बर १ का बासिन्दा हुन्।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।