logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलि सार्वजनिक बिदा


अंकुरण खबर
1.807K
Shares

सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सच्याएको छ।

सो पर्वको अवसरमा आइतवार दिने भनिएको सार्वजनिक बिदा चन्द्रमा नदेखिएका कारण सोमबार (भोलि)का लागि सारिएको हो।

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल र दक्षिण एसियाभरबाट जेष्ठ १० गते चन्द्रमा नदेखिएको र उक्त पर्व १२ गते मनाउने निर्णय भई सोही अनुसारको अनुरोध आएकोले विदा सारिएको जनाएको छ।

यसअघि जेठ ११ गते आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो । सोही निर्णयअनुसार गृहमन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक विदा दिइएको जानकारी गराएको थियो।