सर्पको टोकाइबाट दाङमा एक बालिकाको ज्यान गएको छ ।
लमही नगरपालिका वडा नम्बर ९ तेलियाका धनबहादुर कुमालकी ९ बर्षीया छोरी रेश्मा कुमाललाई सर्पले डस्दा मृत्यु भएको हो ।
शनिबार अपरान्ह ४ बजे आफ्नो आमासँगै घरको पेटीमा बसेको समयमा सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाएपछि बालिकाका आफन्तले धामीझाँक्री बोलाउनेतर्फ लागे तर धामीझाँक्री आउँदासम्म बालिकाको मृत्यु भइसकेको जनाइएको छ ।