logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए


अंकुरण खबर
1.417K
Shares

भारतमा कोरोना परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा भारतमा ७ हजार १ सय १३ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ५६ जना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगेको छ भने ४ हजार २४ जनाको मृत्यु भएको छ। भारतमा एकै दिन यतिधेरै संक्रमित भेटिएको यो पहिलो पटक हो।

भारतमा अहिलेसम्म ५७ हजार ६ सय ९२ जना उपचारपछि निको भएका छन् भने ७६ हजार ८२० जना एक्टिभ र ८ हजार ९ सय ४४ जना गम्भिर संक्रमितको उपचार भइरहेको छ।