logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

भरतपुर अस्पतालको आईसीयूमै एक व्यक्तिको मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी


अंकुरण खबर
1.638K
Shares

चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक व्यक्तिको आज (सोमबार) बिहान मृत्यु भएको छ।

लुम्बिनी अञ्चल अस्पतालबाट रेफर गरिएका नवलपरासी रामग्राम-५ का ४८ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो।

कोरोना हो कि होइन भनेर निश्चित गर्न उनको स्वाब परीक्षणका लागि ल्याबमा पठाएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

उनको स्वाब उता लुम्बिनी अस्पतालमा पनि परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।

चिकित्सकका अनुसार दुई दिनदेखि गम्भीर बिरामी परेका ती पुरुषलाई छाती दुख्ने, वान्ता हुने तथा श्वाप्रश्वाससम्बन्धी समस्या थिए।