logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

नेपालमा ४ महिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोना


अंकुरण खबर
1.599K
Shares

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत ४ महिने शिशुसहित एकै परिवारका १८ जना कोरोना जितेर घर फर्किएका छन्।

दुई पटक परीक्षण गराउँदा पनि रिपोर्ट नेगेटिभ आएपछि १८ जनालाई आइतबार राति डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालका डा. उदयनारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा ४ महिनले शिशुदेखि ६६ वर्षसम्मका वृद्ध छन्।

गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो।

आइतबार राति १८ जना निको भएर घर फर्किएसँगै नारायणीमा ४४ जना र गण्डक कोभिड अस्पतालमा २७ गरी ७१ जना संक्रमित उपचाररत छन्।