logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जलेश्वरमा ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ


अंकुरण खबर
1.287K
Shares

महोत्तरीको एक क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी परीक्षण गर्दा ३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका स्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा सञ्चालित क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

परीक्षणमा एकै परिवारका ५५, २६ र १६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ रिपोर्ट आएपछि उनीहरुलाई निगरानीका लागि जलेश्वर स्थित जिल्ला अस्पतालमा निर्माण भईरहेको कोरोना विशेष अस्पतालको आईसोलेशन कक्षमा भर्ना गरिएको अस्पताल सञ्चालन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिए ।

उनीहरुको आईतबार आरडिटी परिक्षण गरिएको थियो ।