logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्वारेन्टाइनमा खटिएका दुई जना प्रहरीमा कोरोना पुष्टि


अंकुरण खबर
676
Shares

धनुषाको नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा खटिएका दुई जना प्रहरीमा कोरोना ९कोभिड–१९० संक्रमण देखिएको छ ।

प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार क्वारैन्टाइनमा खटिएका दुई जना प्रहरी कर्मचारीमा कोरोना सक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आज विहान १०ः४५ बजे जारी विज्ञप्तिमा धनुषाका ३ जना संक्रमित देखिएको जनाएको थियो । जसमध्ये २ जना प्रहरी भएको खुलेको छ ।