logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल प्रहरीमा चार हजार पदका लागि खुल्यो जागिर, खेलाडी पनि माग


अंकुरण खबर
4.147K
Shares

काठमाडौं– नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८३१ जनाको दरखास्त माग गरेका छन् । जसअनुसार प्रहरी जवान पदमा ३ हजार ५९६ जना माग गरिएको छ भने १९० जना भान्छे मागेको छ ।

त्यस्तै हजाम पदमा १० जनाको माग गरेको छ। त्यस्तै कुचिकार २० जनाको पद आह्वान हुँदा २५ जना खेलाडी पदमा विज्ञापन खुलाइएको छ। खेलाडीका लागि भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने छ ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागेको हो ।