सुर्खेतमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल सुर्खेत/पशुपञ्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।
योसँगै सुर्खेतमा १५ र दैलेखमा ८ जना कोरोना संक्रमित पुग्दा कर्णाली प्रदेशभर कोरोना संक्रमित हुनेको संख्या २३ पुगेको छ।
