logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरमा टिपरको ठक्करबाट ड्युटीमा रहेका सईको मृत्यु


अंकुरण खबर
676
Shares

भक्तपुरको मध्यपुर थिमि ४ मा दुई वटा टिपर ठोक्किदा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ।

काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४७०१ नम्बरको खाली टिपर र बा ४ ख ४३१८ नम्बरको टिपर अन्यन्त्रित भई एक आपसमा ठोक्किँदा ड्युटीमा खटिएका प्रहरीको मृत्यु भएको हो।

सोमवार राति ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई) निमबहादुर घर्ती मगरको मृत्यु भएको प्रहरी महाशाखका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।

उनका अनुसार सई घर्तीको उपचारको क्रमममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय रुकुमकोट पूर्व दरबन्दी भएपनि काजमा भक्तपुर खटिएका थिए ।

टिपरका चालक धादिङ थाक्रे बस्ने ४० वर्षीय राजेश सैजु र राजेन्द्र प्याकुरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक सैजुले मापसे गरेर टिपर चलाएको देखिएको छ।