logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


अंकुरण खबर
897
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेलुका ५ बजे सर्वदलीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सो बैठक आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन्।

सरकारले संविधानको अनुसूचिमा रहेको निशान छापमा अंकित नेपालको नक्शालाई गतसाता जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्शाअनुसार परिमार्जन गर्न संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ।

संविधान संशोधनका लागि दुई तिहाई आवश्यक पर्ने हुँदा त्यसकै लागि समर्थन जुटाउन सर्वदलीय बैठक आह्वान गरिएको स्रोतले बताएको छ।