logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

कोरोना संक्रमित बढेपछि अस्पतालमा आलोपालो ड्यूडी मिलाउन मन्त्रालयको निर्देशन


अंकुरण खबर
2.366K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले स्वास्थ्यर्मीको ड्यूटी मिलाउँन निर्देशन दिएको छ ।

मंगलबार दिउँसो सूचना जारी गर्दै मन्त्रलायले कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला स्वास्थ्य सेवालाई चुस्त बनाउन देशभरका अस्पतालहरुलाई निर्देशन दिएको हो।

स्वास्थ्यकर्मी तथा सहयोगीहरुमै कोरोना संक्रमण भइरहेको र यसले निमिमित सेवामा प्रवाह असर पर्न सक्ने भन्दै ड्यूटी मिलाउन मन्त्रालयले आग्रह गरेको छ। ‘अस्पतालहरुले उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थित गर्न दुई समूह बनाई आलोपालो ड्युटी लगाई सेवा निरन्तरताको सुनिश्चता गर्न अनुरोध छ’ निर्देशनमा भनिएको छ।