logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगंजमा थप २१ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १७६ पुग्यो


अंकुरण खबर
832
Shares

वीरगंजस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट थप २१ जना कोरोना संक्रमित निको भएका छन्।

उनीहरु गए राति नै डिस्चार्ज भएका अस्पतालले जनाएको छ। डिस्चार्ज हुनेमा १६ पुरुष र ५ महिला छन्। उनीहरुलाई मंगलबार राति साढे १० बजे डिस्चार्ज गरिएको हो।

डिस्चार्ज हुनेमा १५ महिनादेखि ७४ वर्ष उमेरसम्मका  छन्। डिस्चार्ज हुनेहरु गत वैशाख २७ देखि ३० गतेसम्म भर्ना भएका थिए। अस्पतालमा अब ९ जना संक्रमित मात्रै उपचाररत रहेको अस्पतालले बताएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ।