logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागूऔषध र नगद सहित एक युवक पक्राउ


अंकुरण खबर
1.027K
Shares

धरान उपमहानगरपालिका वडा नं. ९ बगैंचाटोल बस्ने ४१ वर्षीय शुभचन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन प्लस १ हजार २ सय ८० क्याप्सुल, नाईट्रोसन ३ सय ट्याब्लेट, एकसय एमएलको डाईलेक्स डिसी ८० बोतल र नगद २ लाख ३७ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट अनुसन्धानको लागि खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध र नगद फेला पारेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।