logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोकमा छोरी बलात्कारको अभियोगमा बाबु पक्राउ


अंकुरण खबर
728
Shares

सिन्धुलाल्चोकमा १८ व​र्षीया छोरी बलात्कारको अभियोगमा बाबु पक्राउ परेका छन् ।

मेलम्ची प्रहरी कार्यालयले छोरी बलात्कार गरेको अभियोगमा लम्ची नगरपालिकाका ४३ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।

बुधबार दिउँसो पीडित युवतीकी आमाले दिएको जाहेरीपछि अभियुक्त बाबुलाई पक्राउ गरिएको मेलम्ची प्रहरी प्रमुख थलबहादुर तामाङले जानकारी दिए ।

अभियुक्तले विगत ४ वर्षदेखि बलात्कार गरेको भन्दै आमाको उजुरी आएको र अभियुक्तलाई पक्राउ गरी थुनामा राखिएको उनले बताए ।

घटनाबारे थप अनुसन्धान गरी जबरजस्ती करणी अन्तर्गत मुद्धा दायर गरिने तयारी थालिएको तामाङले बताए ।