logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीमा क्‍वारेन्टाइनको सुरक्षामा खटिएका प्रहरी हवल्दारमा कोरोना संक्रमण


अंकुरण खबर
923
Shares

सप्तरीमा थप एकजना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्‍टि भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीका अनुसार बोदे बर्साइन नगरपालिकास्थित चन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइन सुरक्षार्थ खटिएका प्रहरी हवल्दारमा आज कोभिड-१९ पोजिटिभ देखिएको हो।

उनलाई अस्पताल लगिसकिएको छ। सम्पर्कमा रहेका अरु प्रहरी कर्मचारीहरूको पनि परीक्षणको तयारी भइरहेको छू, भारतीले भने । योसँगै जिल्ला प्रहरी कार्यालय सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको छ।

आज मात्र प्रदेश २ का ६ जिल्लामा ७६ जना नयाँ संक्रमित थपिएका छन्। तीमध्ये सप्तरीमा १४ जनामा संक्रमण पुष्‍टि भएको हो।