logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

रहेनन् चर्चित गीतकार रत्नशम्शेर थापा


अंकुरण खबर
1.703K
Shares

चर्चित गीतकार रत्नशम्शेर थापाको ८३ बर्षको उमेरमा बिहीबार निधन भएको छ।

लामो समयदेखि बिरामी रहेका उनको उपचारको क्रममा बिहीबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।  क्रोनिक ब्रोन्काइटिसबाट लामो समयदेखि पीडित थापाको डेढ महिनाअघि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा शल्यक्रिया गरिएको थियो।

उनका घुम्तीमा नआऊ है, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, फूलैफूलको मौसम, जाग लम्क चम्क हे नौजवान हो, विछोडको पीडा नसकी खप्नुसहितका गीतहरु चर्चित छन्।

गीतकार थापाको स्वाब संकलन गरी परीक्षण गर्न लागिएको स्रोतले जनाएको छ। कोरोना रिपोर्ट आए आजै साँझ अन्त्यष्टी गर्ने तयारी छ।