logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

कपिलवस्तुका १५ जनाले जिते कोरोना


अंकुरण खबर
923
Shares

कपिलवस्तुमा कोरोना संक्रमणबाट १५ जना मुक्त भएका छन्।

जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार चारजना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुनेमा कृष्णनगर नगरपालिकाका तीन र शिवराज नगरपालिकाका एकजना रहेका छन्।

उनीहरुको कोरोना विषेश अस्पताल दाङमा उपचार भएको थियो। यससँगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको छ।

यसअघि कोरोना विषेश अस्पताल धागो कारखानावाट १० जना र तौलिहवा जिल्ला अस्पतालबाट एक जना स्वास्थ्यकर्मी निको भई घर फर्किएका थिए। कपिलवस्तुमा कोरोना संक्रमण हुनेको संख्या १३६ पुगेको छ।