logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

विदेशमा अलपत्र नेपालीलाई ल्याउने विषयमा छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै


अंकुरण खबर
832
Shares

विदेशमा अलपत्र नेपालीहरूलाई ल्याउने विषयमा छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे बैठक बोलाइएको हो।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बैठकमा कोरोनाका विषयमा र विदेशबाट नेपालीहरूलाई फिर्ता गर्ने विषयमा छलफल हुने जानकारी दिए।

सरकारले विदेशमा समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउने बारेमा तयारी गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन विदेशमा रहेका नेपाली फर्काउने जानकारी दिएका थिए। चरणबद्ध रूपमा नेपालीहरूलाई फर्काउने सरकारको तयारी छ।

त्यस्तै बैठकमा कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण र लकडाउनको विषयमा समेत छलफल हुने छ।