logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेका थप ३ जना डिस्चार्ज


अंकुरण खबर
1.287K
Shares

बाँकेका थप ३ जना शुक्रबार कोरोनामुक्त भएर घर फर्किएका छन् ।

दाङको बेल्झुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत नरैनापुर गाउँपालिकाका ३ जना निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

वडा नम्बर १ का १८ वर्षीय पुरुष, वडा नम्बर ३ का २५ वर्षीय पुरुष र वडा नम्बर ५ का २० वर्षीय पुरुष शुक्रबार कोरोनामुक्त भएर घर फर्केको श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई जेठ २ गते कोरोना पुष्टि भएको थियो ।