logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चट्याङ लागेर रोल्पामा दुई महिलाको मृत्यु


अंकुरण खबर
780
Shares

चट्याङ लागेर दक्षिणी रोल्पामा दुई महिलाको मृत्यु भएको छ ।

शुक्रबार जिल्लाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँको गुठिमधारामा चट्याङ लागेर ७५ वर्षीया खिर्मा वाँठा र २१ वर्षीय आशा बुढा मगरको मृत्यु भएको हो ।

चट्याङमा २४ वर्षीय सविन बुढा मगर पनि परेका थिए। तर घाइते उनको अवस्था सामान्य रहेको छ ।

बिहीबार साँझ खिर्मा माइती आएकी थिइन्। मृत्यु हुने आशा घाइते सविनकी पत्नी हुन् भने खिर्मा फूपू भएको जनाइएको छ ।

चट्याङ लागेर दुवैजना बेहोस भएपछि उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याइउदै गर्दा अस्पताल पुर्‍याउन नपाउँदै उनीहरुको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।