मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेकाले आज पनि वर्षाको सम्भावना रहेको हो ।
महाशाखाका अनुसार आइतबार पनि देशभर मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । सोमबार देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहेर बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ । पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।