logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्वारेन्टाइनमै युवकको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाकी


अंकुरण खबर
715
Shares

दैलेख जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।

३५ वर्षीय ती युवा गत ७ गते भारतबाट आएका ३५ वर्षीय युवाको मृत्यु भएको दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले जानकारी दिए ।उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट भने आउन बाकी छ ।

उनी कोरोना भाइरस संक्रमण वा अन्य कारणले मरेको रिपोर्ट आए पछि मात्र एकीन हुने छ ।