logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रातभर २७ संक्रमित अस्पतालको गेट बाहिर, मन्त्री आफै पुगेर भर्ना गरे


अंकुरण खबर
1.326K
Shares

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अपलत्र परेका २७ कोरोना संक्रमित अस्पतालको आइसोलेसनमा वार्डमा भर्ना भएका छन् ।

शुक्रबार राति झापाको कचनकवलबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका २७ जना कोरोना संक्रमित रातभर गाडीमा बसेका थिए । शनिबार बिहान उनीहरु भर्ना भएका हुन् ।

रातभर संक्रमितलाई बाहिरै राखेपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे शनिबार बिहानै धरान पुगेका थिए । मन्त्री पुगेको केही समयपछि बिरामीलाई भर्ना गरिएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले २७ जनालाई नै भर्ना गरिएको जानकारी दिए । नयाँ भर्ना भएसँगै धरानको आइसोलेशनमा रहेका संक्रमितको संख्या ९७ पुगेको उनले बताए । सबैको अवस्था सामान्य छ ।