प्रदेश २ का थप ६० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयले आइतबार बिहान यसको पुष्टि गरेको हो। पुष्टि भएकामध्ये रौतहटमा २९, धनुषामा २१ र सर्लाहीमा १० जना रहेको मन्त्रालयले जनाएको छ।
धनुषामा संक्रमित भएकामध्ये मुखियपट्टी मुसहरनिया गाउँपालिका क्वारेन्टिनका ११, जनकपुरस्थित गोपाल धर्मशाला क्वारेन्टिनका ९ र गणेशमान चारनाथ नगरपालिका क्वारेन्टिनका १ जना रहेको बताइएको छ।
यसैगरी, रौतहटमा दुर्गाभगवती क्वारेन्टिनका ८, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ जनामा संक्रमण देखिएको छ। सर्लाहीमा हरिपुर नगरपालिकाका ७ र ब्रम्हपुरी गाउँपालिका क्वारेन्टिनका ३ जना रहेको मन्त्रालयले जनाएको छ ।
आइतबार ६० जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६१४ पुगेको छ, जसमध्ये उपचारपछि ९८ जना निको भइसकेका छन्।