भारतमा आइतबार एकै दिन साढे आठ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो भारतमा आठ हजार ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको संख्या १ लाख ९० हजार ६ सय ९ पुगेको छ । कोरोना संक्रमणबाट भरातमा ५ हजार ४ सय ८ जनाको मृत्यु भइसकेको छ ।
आइतबार मात्रै २ सय २३ जनाले ज्यान गुमाएका छन । यसैबीच भारतले आजबाट लकडाउन खुकुलो बनाउदैछ । आजबाट अब एक जिल्लाबाट अर्को जिल्ला पास नभएपनि जान सकिनेछ । वृद्धवृद्धा र बालबालिकालाई भने रोक लगाइएको छ । होटल, धर्मशालाजस्ता स्थान आठ जुनदेखि खुल्दैछन् ।
स्कुल, कलेज र शिक्षणसंस्था भने दोस्रो चरणमा खोल्ने बताइएको छ । अन्तर्राष्ट्रिय हवाइ उडान, स्विमिङ पुल, मनोरञ्जन पार्क, चलचित्र हल भने अझै खुल्ने छैनन् । भारतमा रेल र हवाइ सेवा भने यसअघि नै आंशिक रुपमा खुलाइएको छ ।