logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलिउड संगितकार बाजिद खानको निधन


अंकुरण खबर
702
Shares

संगीतका बाजिद खानको आइतबार राती निधन भएको छ। गायक सोनु निगमले फेसबुकमा एक पोष्ट गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।

मिडिया रिर्पोटअनुसार उनी कोरोना संक्रमित थिए। परिवारले बीबीसीलाई दिएको जानकारीअनुसार उनी किड्नीको बिरामी भएको र दुई वर्ष पहिला उनको प्रत्यारोपण गरिएको थियो। उनको घाँटीमा इन्फेक्सन भएको थियो।

उनी चेवुरको सुराना अस्पतालमा भर्ना भएका थिए। अहिले नै उनको कोरोना परीक्षण रिर्पोट नआएको बिबिसीले उल्लेख गरेको छ। उनको भर्खरै मात्र भाइ भाइ नामको गित सार्वजनिक भएको थियो। जसमा सलमान खान पनि देखिएका थिए ।

उनले साजिद खानसँग मिलेर धेरै संगित सिर्जना गरेका थिए।  उनीहरू १९९८मा रिलिज भएको सलमान खानको फिल्म मैने प्यार किया बाट चर्चामा आएका थिए।