logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुका थप ५ जना कोरोनालाई जितेर घर फर्किए


अंकुरण खबर
754
Shares

कपिलवस्तु जिल्लाका थप ५ जना कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन्।

सोमबार बिहान कपिलवस्तु नगरपालिकाका ४ जना र विजयनगर गाउँपालिकाका १ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन्।

उनीहरू रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत् रहेका कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।

आइतबार पनि कपिलवस्तुका तीन जनाले कोरोना जितेर बुटवल स्थित कोरोना आइसोलेसन अस्पतालबाट घर फर्किएका थिए।

यससँगै कपिलवस्तुमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ पुगेको छ।