logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा पीसीआर नेगेटिभ आएका एक जनाको मृत्यु


अंकुरण खबर
754
Shares

पीसीआर नेगेटिभ आएका स्याङ्जाका एक व्यक्तिको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।

केही दिनअघि भारतबाट आएका ती पुरुषमा पीसीआर रिपोर्ट नेगेटिभ भएपछि घर पठाइएकोमा पुनः अस्पताल भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएपछि पुनः कोरोना परीक्षण गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका फोकनपर्सन नवराज शर्माले जानकारी दिए।

‘पीसीआर रिपोर्ट नगेटिभ आएपछि घर पठाईएको र पुनः बिरामी भएर अस्पताल आएकै दिन मृत्यु भयो’, शर्माले भने, ‘कन्फर्म गर्न पुनः एक पटक परीक्षण गर्नुपर्ने भएको छ।’

घरमा बेहोस भएपछि अस्पताल ल्याइएकोमा लगत्तै डाक्टरले मृत घोषित गरेका थिए। सामान्य बिरामी सम्झेर उपचारमा संलग्न चिकित्सकले पीपीईसमेत नलगाई नर्मल रुपमै उपचार गराएका चिकित्सकहरु उनको मृत्यु भएपछि त्रासमा छन्।