logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

भारतबाट डोटी आएका पुरुषमा देखियो कोरोना


अंकुरण खबर
702
Shares

डोटीमा पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएका छन् । डोटीमा समेत कोरोना संक्रमितको पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कोरोना भाइरस फैलिएको छ ।

सेती प्रादेशिक अस्पताल कैलालीको प्रयोगशालामा भएको परीक्षणमा डोटीका २५ वर्षीय एकजना पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । डोटीको शिखर नगरपालिका घर भएका कोरोना संक्रमित व्यक्ति जेठको दोस्रो साता भारतबाट आएका थिए ।

अहिले कोरोना संक्रमित व्यक्ति जिल्ला अस्पताल डोटीको आइसोलेसनमै छन् । उनी कहिले आए, को-कोसँग आए आजैबाट कन्ट्र्याक्ट ट्रेसिङको काम सुरु हुने जनाइएको छ ।