logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
715
Shares

पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ। यीमध्ये २२१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म देशभर ७१ हजार ९ सय ६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा छन्।