logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनको नयाँ मोडालिटी तयार


अंकुरण खबर
1.378K
Shares

सरकारले ३२ जेठसम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेका छ ।

७० दिनसम्म लकडाउन गर्दा पनि कोरोना संक्रमितको संख्या भने बढिरहेको छ । संक्रमित भएकाको संख्या सोमबार नै १८ सय नाघिसकेको छ ।

लामो समयको लकडाउनका कारण ठूलो वर्गमा जीविकोपार्जनको समस्या देखिन थालेको छ भने नागरिक समाजबाट पनि यसको मोडालिटी परिवर्तन गरिनुपर्ने आवाज उठिरहेको छ । यसैबिच कोरोना भाइरस संक्रमणको कम जोखिम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने गरी नयाँ कार्ययोजनाको खाका बनेको छ ।

कम जोखिम भएका जिल्ला तथा क्षेत्रमा सञ्चालित उद्योग(कलकारखाना तथा जीवीकोपार्जनसँग जोडिएका क्षेत्र स्वास्थ्य सावधानी अपनाएर सुचारु गर्ने गरी लकडाउनको नयाँ मोडालिटी तयार पारिएको जनाइएको छ ।

समाचार स्रोतका अनुसार कम जोखिम भएका क्षेत्रमा बिस्तारै जनजीवन सामान्यतर्फ लैजाने गरी कार्ययोजना तयार पारिएको छ ।

नयाँ खाकाबारे छलफल गर्न आज कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ । नयाँ खाका समितिबाट पारित भए यसलाई अनुमोदनका लागि मन्त्रिपरिषद बैठकमा लगिनेछ ।