logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफ्नै छोरी बलत्कार गर्ने बुवा पक्राउ


अंकुरण खबर
1.417K
Shares

रुखमा बाँधेर आफ्नै छोरीलाई बलात्कार गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको चुरे गाउँ पालिका–५ भासु बजारमा बस्दै आएका आफ्नै जेठी छोरीलाई जंगलमा लगी रुखमा बाँधेर बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले पक्राउ गरेको हो ।

पीडित युवतीले गत जेठ १७ जंगलमा लगि रुखमा बाधेर बलत्कार गरेको भन्दै उजुरी दर्ता गरेकी थिईन । ईलाका प्रहरी इन्चार्ज इन्सपेक्टर माधब विश्वकर्माले दिएको जानकारी अनुसार उजुरी दर्ता भएदेखी फरार रहेका बुवालाई गएराति १० बजे सहजपुरको जंगलबाट पक्राउ गरिएको हो ।

जंगलमा रुखमा हात र खुट्टा बाँधेर बलात्कार गरेको र कसैलाई खबर गरे मार्ने धम्कीसमेत दिएको पीडित महिलाको भनाइ रहेको बताइएको छ ।

पीडित युवतीलाई उपचारका लागी पठाइएको र पिडक बुवालाई कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको छ ।